पहुँचयुक्त व्यायाम उपकरण
तारकेश्वर वडा नं. ७, दगुर्नेपानीको वडा कार्यालय हाताभित्र यो पहुँचयुक्त व्यायाम उपकरण रहेको छ। वडा कार्यालयको प्रवेशद्वारबाट पूर्वतर्फ व्यायाम गर्न छ वटा उपकरण राखिएका छन्। तीमध्ये यो एउटा व्हिलचेयर प्रयोगकर्ताले प्रयोग गर्न मिल्छ। व्हिलचेयरमा बसेरै ताइची र चेस्ट प्रेस दुवै गर्न सकिन्छ। अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने स्कुटर पनि त्यहाँ पार्क गर्न सकिन्छ। छेउमा अपाङ्गतामैत्री पार्किङ भन्ने संकेतयुक्त बोर्ड राखिएको छ। स्कुटर पार्क गरेर ओर्लिएपछि र्याम्प मार्फत उपकरण भएको क्षेत्रमा प्रवेश गर्नुहोस्। पहिले त्यहाँ पर्खाल थियो, जुन भत्काएर र्याम्प बनाइएको हो। उपकरण रहेको ठाउँको अगाडि ब्याडमिन्टन कोर्ट छ, जसमा पुग्न र्याम्प बनाइएको छ। व्यायाम सकिएपछि र्याम्प मार्फत पार्किङतर्फ बाहिर निस्कनुहोस्।

कसरी प्रयोग गर्ने?
ताइची
प्रवेशद्वारबाट बिस्तारै उपकरणको एउटा भागतिर आउनुहोस्। चक्कामा एक-एक गरेर, वा एकै पटक दुवै चक्का समातेर, गोलाकार दिशामा घुमाउनुहोस्।
चेस्ट प्रेसतर्फ
यो भाग सकिएपछि व्हिलचेयर बिस्तारै पछाडि सारेर चेस्ट प्रेस भएको अर्को भागतिर जानुहोस्।
चेस्ट प्रेस
व्हिलचेयरको पाङ्ग्रा पछाडि पार्दै उपकरणको अर्कोपट्टि फर्कनुहोस्। दुई वटा ह्यान्डल समात्नुहोस् र आफ्नो शरीरले सक्ने गरि बिस्तारै उचाल्दै झार्दै गर्नुहोस्।
अर्को उपकरण
त्यसपछि व्हिलचेयर अगाडि सारेर अर्को उपकरण प्रयोग गर्नुहोस्।
फोटो ग्यालरी
